कारोबार


फेरिँदै सोल्टी होटलको नाम, अब ‘दि सोल्टी काठमाडौं’ हुने

फेरिँदै सोल्टी होटलको नाम, अब ‘दि सोल्टी काठमाडौं’ हुने

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार १०:१७,

सोल्टी होटलको नाम ‘दि सोल्टी काठमाडौं’ हुने भएको छ।

सोल्टी होटेल र इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको व्यवस्थापन सम्झौता सकिएपछि नयाँ नामबाट ब्रान्डिङ गर्न लागिएको हो।

काठमाडौंको ताहाचलमा रहेको होटल वि.सं. २०२३ सालमा सञ्चालनमा आएको थियो। ५४ वर्षको आफ्नै अनुभवमा ‘दि सोल्टी काठमाडौं’ सञ्चालन गर्ने जनाएको छ।

होटलमा चिनियाँ, भारतीय र इटालियन गरी तीनथरि खानाका परिकार तयार हुने तीन रेष्टुराँहरू सञ्चालनमा छन्।

अतिथि पाहुनाहरुको लागि तीन विशिष्ट रेस्टुराँसहित, होटलले पाक विशेषज्ञ सेफहरूबाट तयार पारिएका क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट र स्वादिष्ट भोजन, पारखीहरुलाई विशिष्टतासहितको स्वादको अनुभव प्रदान गर्ने होटलले जनाएको छ।

‘दि सोल्टी काठमाडौं’का अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई सेफ काठमाडौं पनि रहेको छ।

कम्पनीले नेपालगञ्जमा ‘सोल्टी वेष्टेण्ड प्रिमियर’ पाँचतारे होटल पनि सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .