समाज


आल्के पर्व मनाउन मामाघर आएकी बालिका सेती नदीमा बगेर बेपत्ता

आल्के पर्व मनाउन मामाघर आएकी बालिका सेती नदीमा बगेर  बेपत्ता

नेपालखबर
भदौ १, २०७६ आइतबार ७:४५,

सेती नदीमा नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दीपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिस्मा आइतबार बिहान नदीमा बगेर बेपत्ता भएकी हुन्।

आल्के पर्व मनाउन दीपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउँबाट बगेकी थिइन्।

उनको नेपाल प्रहरी, दीपायलस्थित जोगी बाडेमा रहेको सशस्त्र प्रहरीको ३६ नं गण तथा स्थानीयवासीले खोजी गरिरहेको उपरीक्षक धामीले बताए। पानीको बहाब बढी भएको र नदी पनि धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको दीपायलस्थित प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिए।

सेती नदीमा गएको वैशाखयता बगेर आठ बेपत्ता भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad