राजनीति


देउवा र प्रचण्डलाई महेश बस्नेतको प्रश्न: राति अबेरसम्म किन माधव नेपाल र भीम रावल भेटिरहनुभएको छ?

देउवा र प्रचण्डलाई महेश बस्नेतको प्रश्न: राति अबेरसम्म किन माधव नेपाल र भीम रावल भेटिरहनुभएको छ?

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ५:३०,

नेकपा एमालेका नेता महेश बस्नेतले शेरबहादुर देउवा र प्रचण्ड एमाले फुटाउन लागिपरेको आरोप लगाएका छन्।

आफ्नो सत्ता–स्वार्थका लागि कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नो पार्टी एमाले र जनता समाजवादी पार्टी फुटाउन लागिपरेको आरोप ओलीपक्षीय नेता थापाले लगाएका हुन्।

थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘अर्काको पार्टी फोर्न हुन्न भनेर आदर्शका कुरा गर्ने देउवा, प्रचण्ड, रामचन्द्रहरू रातारात जनता समाजवादी पार्टी फोर्न किन लागेका छन्? राति राति अबेरसम्म किन माधव नेपाल र भीम रावल भेटिरहेको छन्?’ 

यस्तो छ, उनको व्यक्तको पूर्ण पाठ :

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्दा २ वटा प्रश्न उठाइयो– एउटा, आफ्नो पार्टीको विभाजन गर्न र दोर्सो अर्काको पार्टी फोर्न र सांसदहरूलाई अनुचित प्रभावमा पार्न प्रधानमन्त्रीले प्रयास गर्नुभयो। अझ भन्नुपर्दा मन्त्री खान कुर्ता सुरुवाल लगाएर घरमा श्रीमतीसँग बिदा भएर टीका लगाएर आएका डा. सुरेन्द्र यादवलाइ अपहरण गरियो।

आज वर्तमान सरकारले विश्वासको मत लिने र संविधानको धारा ७६ ९२० को सरकार बनाउने प्रक्रिया अगाडि बढ्दा यी प्रश्न उठाउने मित्रहरूलाइ नैतिकताको गम्भीर प्रश्न उठेको छ। यसको जवाफ निर्ममताका साथ दिनैपर्दछ।

१. राजनीति विचार, आस्था र विश्वासको कुरा हो, कुनै नेता या पार्टी मन नपर्दा छुट्टिन पाउनुपर्दछ। यो लोकतान्त्रको सुन्दर पक्ष हो। तसर्थ यसलाइ प्रचण्डसँग मिलेर दाउपेचको राजनितीको विषय गर्ने क माधव नेपाल आफ्ना सांसदहरूलाइ राजीनामा दिने तहमा पुग्नुभयो। प्रधानमन्त्रीले ल्याएको अध्यादेशलाई पास गरेको भए सांसदहरूको यो हालत हुने थिएन कि !

२.  आज प्रचण्ड, बाबुराम र उपेन्द्र यादवलाई प्रधानमन्त्री केपी ओलीलाइ नहटाई भएको छैन। रामचन्द्र पौडेलको दबाबमा कांग्रेसलाइ सत्ताको नेतृत्व नलिई भएको छैन। तसर्थ अर्काको पार्टी फोर्न हुन्न भनेर आदर्शका कुरा गर्ने देउवा, प्रचण्ड, रामचन्द्रहरू रातारात जनता समाजवादी पार्टी फोर्न किन लागेका छन ! राति अबेरसम्म किन माधव नेपाल र भीम रावल भेटिरहेका छन्?

३. आज बाबुराम र उपेन्द्र यादवहरूले महन्थ ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना सांसदहरूलाई कहाँ लुकाएर राख्नुभएको छ? के तिनीहरू अपहरणमा परेका होइनन? लुम्बिनी प्रदेशका सांसदहरूलाई घरी एउटा निर्णय घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णयबिना फेक हस्ताक्षर गरेर चार जना साथीहरूको सांसद पद खाएर कसको स्वार्थका लागि कसको सेवा गरिरहनुभएको छ? बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चाहना र उपेन्द्रको मनमा रहेको उपप्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थका लागि यस्ता हर्कत किन गर्नुभएको छ?

५. कांग्रेस सभापति देउवालाई ०५२ सालमा सांसद किनबेचदेखि अनेक विकृतिको दाग लागेकै हो। अब फेरि सांसद खरिदबिक्री प्रक्रिया र पद (मन्त्री) बाँड्ने काम सुरु भएको छ। त्यो कुकर्मतिर लाग्दा कांग्रेसको लोकतान्त्रिक छवि र कतिपय युवा सथीहरूको सिलिब्रेटी बन्ने नाटकीय प्रवृत्ति नांगिँदैन र?

६० प्रधानमन्त्रीले स्पष्ट भन्नुभएको छ– म सत्ता टिकाउन कुनै हर्कत गर्दिनँ। मेराविरुद्ध बहुमत पुग्दा विपक्षमा बस्न तयार छु। मेरा पक्षमा बहुमत पुगे सुख, समृद्धि र कोभिडविरुद्धको अभियानमा लाग्नेछु। कतै पनि बहुमत नपुगे छिटो निर्वाचनमा जाऊँ।

अबको परिस्थितिलाई सहज ढंगले टुंग्याऊँ अनि कोभिडविरुद्ध अभियानमा सबै राजनीतिक दलहरू लागौं। यो नै आजको आवश्यकता होइन र?

maheshsta

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad