राजनीति


विपक्षीविरुद्ध आइसोलेसनबाट सूर्य थापाको आक्रोश : सुकुलगुन्डा प्रवृत्ति !

विपक्षीविरुद्ध आइसोलेसनबाट सूर्य थापाको आक्रोश : सुकुलगुन्डा प्रवृत्ति !

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ५:२,

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विपक्षीविरुद्ध तीव्र आक्रोश व्यक्त गरेका छन्।

कोरोना संक्रमण भएका कारण अहिले आइसोलेसनमा रहेका थापाले सामाजिक सञ्जालमा ‘सुकुलगुन्डा प्रवृत्ति’ शीर्षकमा आफ्ना प्रधानमन्त्री हटाउन लाग्नेहरूको आलोचना गरेका हुन्। 

गत सोमबार संसदमा विश्वासको मत माग्दा बहुमत नपाएपछि एमाले अध्यक्ष ओली अहिले कामचलाउ प्रधानमन्त्रीमा परिणत भएका छन्। उनलाई कांग्रेस, माओवादी केन्द्रलगायत विपक्ष दलका सांसदले त मत दिएनन् दिएनन्, आफ्नै पार्टी एमालेको माधव नेपाल पक्षमा रहेका २८ सांसद पनि मतदानमा सहभागी नै भएनन्।

उनी प्रधानमन्त्री पदबाट हटेसँगै राष्ट्रपतिले गरेको आह्वानअनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत विपक्षी दलहरू नयाँ सरकार बनाउने प्रयास गरिरहेका छन्। दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत सरकार बनाउन राष्ट्रपतिले दिएको ३ दिनको सीमा भोलि वैशाख ३० गते सकिँदै छ।

यसै सन्दर्भमा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले तीतो पोखेका हुन्।

‘जीवनभरि कम्युनिस्ट र कांग्रेसको भ्रम निरन्तर दिन्छ, तर कांग्रेस भन्छ, कांग्रेसको जस्तो काम गर्दैन,’ थापाले लेखेका छन्, ‘कम्युनिस्ट भन्छ, कांग्रेसको भरिया भरोसा पो बन्दै हिँड्छ।’

उनले अगाडि लेखेका छन्, ‘देशमा सर्वत्र सिद्धान्तहीन, स्वार्थी र विपरीत मति हावी छ, कोही व्यक्ति विशेषलक्षित होइन, ठोस परिचयविहीन जेसुकैवाद नै सुकुलगुन्डा प्रवृत्ति हो !’

पूरा पाठका लागि उनकै फेसबुक हेरौं :

सुकुलगुण्डा प्रवृत्ति ! ---------------------- सामन्तकाे आफ्नै रवाफ परिचय हुन्छ, जालीझेली र चाेरकाे झन् आफ्नै चिनारी...

Posted by Surya Thapa on Tuesday, May 11, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad