सिकिस्त संक्रमितलाई समयमै भर्ना नगर्दा मृत्यु भएको भन्दै एक समूहले जनकपुर प्रादेशिक कोभिड अस्पतालम तोडफोड गरेको छ।
तोडफोडबाट दुईवटा भेन्टिलेटर, झ्याल, फर्निचरसहितका सामानमा क्षति पुगेको छ। तोडफोडमा संलग्न समूहले नर्समाथि समेत हातपात गरेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले नेपालखबरलाई जानकारी दिए।
महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षीय सुखीचन महतोको मंगलबार साँझ अस्पतालमा मृत्यु भएपछि तोडफोड भएको हो।
५–६ जााको समूहमा रहेका मृतकका आफन्तसहितको समूहले तोडफोड गरेको डा.यादवको भनाइ छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बाँकी फरार भएका प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया