गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा बुधबार अपराह्न ५ बजे सकिँदैछ।
यस सयमभित्र दलहरूले बहुमत जुटाई नयाँ मुख्यमन्त्रीको नाम पेस गर्न सक्नुपर्नेछ।
अन्यथा प्रदेश सभामा सबैभन्दा ठूलो पार्टीको संसदीय दलका नेतालाई प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री बनाउनेछिन्।
यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिइसकेका छन्। एमाले नेता गुरुङले राजीनामा दिएपछि नयाँ प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले दलहरूलाई ३ दिनको समय दिएकी थिइन्। जुन समयसीमा बुधबार अपराह्न ५ बजे सकिने भएको हो।
गण्डकी प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। जसका कारण संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आह्वान गरिएको हो।
नयाँ सरकार गठन गर्न यहाँ नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनलाई राष्ट्रिय जनमोर्चाको साथ आवश्यक छ।
यो पनि : अन्योलमा गण्डकीको नयाँ सरकार, जनमोर्चाले अड्कायो हलो
Shares

प्रतिक्रिया