नेकपा (एमाले)का नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई गल्ती सुधार्ने अन्तिम मौका भएको बताएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत बाँस्कोटाले माधव नेपाललाई हतारमा कारबाही गर्नु भन्दा पनि गल्ति सुधार्ने अन्तिम मौका दिनुपर्ने बताएका हुन्।
‘कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन् त कोही कोही त,’ व्यंग्यात्मक शैलीमा बाँस्कोटाले माधव नेपाल पक्षलाई प्रश्न गर्दै भनेका छन्, ‘कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त। के जित्यौ? हेक्का राखे हुन्छ त्यस्ताले, माछाले हज्जारौ फुल चुपचाप पार्छ। माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ। कार्वाहीको हतारो किन गर्नु र? चीज आफै किल्लोर हुँदै गईहाल्छ नि भन्या!’
Shares

प्रतिक्रिया