कामचलाउन सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्यको सिफारिस गरेको छ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
वैशाख १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेकी थिइन्।
प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत गुमाएपछि पदमुक्त भएका छन्।

प्रतिक्रिया