राजनीति


संसदमा प्रधानमन्त्रीको सम्बोधन : कोभिडविरुद्ध लडाइँमा सरकारलाई अप्ठेरो पारियो

संसदमा प्रधानमन्त्रीको सम्बोधन : कोभिडविरुद्ध लडाइँमा सरकारलाई अप्ठेरो पारियो

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ८:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीविरुद्ध सबै एकजुट हुनुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरेका छन्।

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले सो असन्तुष्टि व्यक्त गरेका हुन्।

कोभिड–१९ महामारीविरुद्ध लडाइँ लडिरहेका बेला सरकारलाई अप्ठेरो पारेको उनले बताए।

संसारभर भ्याक्सिनको हाहाकार हुँदा दक्षिण एसियामै भारतपछि नेपालले भ्याक्सिन अभियान सुरु गरेको उनले दाबी गरे।

‘कारण जे सुकै होस् हाम्रा प्रयत्न, ध्यान चिन्तन जे कुरामा केन्द्रित हुनुपथ्र्याे त्यसो भएन। मलाई अचम्म लाग्छ हामी कोभिड विरुद्धको लडाइँमा छौं तर, सरकारमाथि प्रधानमन्त्री माथि हिलो छ्याप्ने, औषधि खरिदमा खरिद हुन लाग्दा भ्रष्टाचारको आरोप लगाउने काम भयो। हुँदै नभएको कनेक्सन जोड्ने काम गरियो,’ उनले संसदमा भने।

उनले कोभिडको यस्तो महामारीमा साझा संकट समाधान गरिरहेका बेला यदि कसैले भ्रष्टाचार गर्छ भने त्यो क्षम्य नहुने र छानवीन तथा कारबाही गर्ने बताए।

आफूले अन्य मुलुकको कुनै अधिकारीसँग सम्झौता गरेको भनी एउटा ‘अनअफिसियल पेपर’मा हस्ताक्षर गरेको भनी प्रचार गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

‘त्यस्तोमा प्रधानमन्त्रीको हस्ताक्षर स्क्यान गरेर जोगिन्छ यस्तो समेत खेल नेपालमा हुन्छ, मलाई दुःख छ। यस्तो किर्ते काम गर्नु हुँदैन,’ उनले भने।

राष्ट्रियता, जनजीविका, भ्रष्टाचार नियन्त्रणका विषयमा सरकारले अनुचित रुपमा सम्झौता नगर्ने उनले बताए।

‘राष्ट्रिय हीत छोडेर अर्काे काम गर्दैन भनेर पटक पटक गरिमामय संसदमा भनिसकेको छु, प्रमाणित गरेको छु’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad