सैन्य शासनको विरोध गरेको भन्दै हालै उनलाई सेनाले नियन्त्रणमा लिएका थिए। आइतबार खेत थी बिरामी भएको भन्दै सेनाले उनका परिवारलाई अस्पतालमा भेट्न बोलाएका थिए।
खेत थीका श्रीमतीका अनुसार उनको शरीरको अंग निकालिएको थियो। सेनाले नियन्त्रणमा लिएसँगै खेत थीको हत्या भएको हो।
हालै ४५ वर्षका खेत थीले जुन्ता शासकको आलोचना गर्दै फेसबुकमा लेखेका थिए,‘उनीहरुले टाउकोमा गोली हानिरहेका छन्। तर उनीहरुलाई यो थाहा छैन कि क्रान्ति मुटुबाट आउँछ।’
फेसबुकमा यस्तो स्टाटस लेखेसँगै खेत थीसँगै उनका श्रीमतीलाई पनि सोधपुछ केन्द्रमा सेनाले लगेका थिए।
तर श्रीमतीलाई छाडेर सेनाले खेत थीलाई भने त्यहीँ राखेका थिए। त्यसको केहीदिनमै सेनाले खेत थीको मुटुमा समस्या भएको बताएका थिए।
तर परिवार अस्पताल पुग्दा खेत थीको शरीरका भित्री अंकहरु निकालिएको देखिएको हो।
कवि खेत थी म्यान्मारका सैन्य शासन लागू भएयता मारिने तेस्रो कवि हुन्। उनी अर्का कवि के जा विनका साथी थिए।
यसअघि के जा विनलाई सेनाले मोनीवाको प्रदर्शनमा मार्च महिनामा गोली हानी हत्या गरेका थिए।
साउथ चाइना मर्निङ पोस्टका अनुसार म्यान्मारका सैन्य शासन लागू भययता ७८० भन्दा सर्वसाधारण सेना तथा प्रहरीको गोलीको शिकार भएका छन्।
म्यान्मारमा जारी सैन्य दमनको विश्वभरबाट विरोध भइरहँदा म्यान्मारका सेनाले सैन्य कू गरिनु देशकै हितको लागि भएको बताउँदै आएका छन्।
उनीहरुले एक वर्षपछि आम निर्वाचन गराएर मात्र चुनाव जित्ने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्।
लोकतान्त्रिक नेतृ आङ साङ सूचीको पार्टीले गत नोभेम्बरको चुनावमा धाँधली गरेर बहुमत हासिल गरेको भन्दै सेनाले सूची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य कू गरेका थिए।

प्रतिक्रिया