राजनीति


यी हुन् संवैधानिक परिषद् बैठकबाट नियुक्तिका लागि सिफारिस भएकाहरु (सूची)

यी हुन् संवैधानिक परिषद् बैठकबाट नियुक्तिका लागि सिफारिस भएकाहरु (सूची)

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ६:२७,

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), उदय सिलवाल (ललितपुर) र मञ्जु कुमारी (महोत्तरी)लाई नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषद्को आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त आयुक्तमा डा हरि पौडेल (बाग्लुङ) र डा सुमित्रा श्रेष्ठ (ललितपुर)को नाम सिफारिस गरेको छ।

त्यस्तै निर्वाचन आयोगका सदस्यमा सगुनशम्शेर जबरा (रुपन्देही) तथा प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला (पाँचथर) र सुधाकुमारी झा (धनुषा)लाई नियुक्तिका लागि सिफारिस गरिएको छ।

राष्ट्रिय महिला आयोगका बाँकी सदस्यमा जया घिमिरे (धनुषा) र सावित्राकुमारी शर्मा तिवारी (पर्वत)लाई नियुक्तिका लागि सिफारिस गरिएको छ।

राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी (काठमाडौँ), राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा. रामकृष्ण तिमिल्सेना (कास्की) तथा सदस्यमा पुष्पराज तिमिल्सिना (पर्वत) र मानप्रसाद खत्री (बझाङ)लाई सिफारिस गरिएको छ।

त्यस्तै आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ (खोटाङ), मधेशी आयोगका सदस्यमा आभा कुमारी (सप्तरी), थारु आयोगका सदस्य डा. उमाशंकर चौधरी (नवलपरासी, बर्दघाट सुस्तापश्चिम), मुस्लिम आयोगका सदस्यमा मोहमद सम्सुल हक (सर्लाही) सिफारिस गरिएका छन्।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्ले रिक्त संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको जानकारी दिए।

यसअघि बसेको परिषद्को बैठकले आधा मात्र पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो।

अहिले सबै संवैधानिक आयोग पूर्ण भएको छ। पदाधिकारीविहीन हुँदा आयोगहरुले संवैधानिक उद्देश्यअनुरुप काम गर्नसकेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad