नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।
शुक्रबार साँझ ६ बजे देउवा निवास बुढानिलकण्ठमा दुई नेताबीच भेट भएको देउवाको सचिवालयले जनाएको छ।
आधा घण्टा भएको छलफलमा वागमती र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचन, बैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका विषयमा कुरा भएको देउवाको सचिवालयको भनाइ छ।
‘मुख्यरुपमा बैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई कसरी असफल पार्ने भन्नेमै छलफल केन्द्रित रह्यो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘लुम्बिनी र वागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनलाई सफल पार्न सबै लाग्ने कुरा भयो।’
त्यसअघि एमालेका नेता भीम रावल र देउवाबीच शुक्रबार नै छलफल भएको थियो। देउवालाई भेट्न रावल देउवानिवास बुढानिलकण्ठ पुगेका थिए।

प्रतिक्रिया