नेकपा एमालेभित्रको विवाद मिलाउनको लागि माधव नेपाल पक्षका चार नेतासहितको छलफल बालुवाटारमा जारी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डे छन्। यस्तै, ओली पक्षबाट इश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ।
ओलीले शुक्रबार विहान नेपाल पक्षका विष्टसँग छलफल गरेका थिए। यस्तै, बिहीबार ओलीले भुसाल र भट्टराईसँग छलफल गरेका थिए।
ती दुवै छलफलपछि पार्टी विवाद मिलाउन अहिले छलफल भइरहेको हो। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेपाल पक्षका ४ जना नेतालाई गरेको कारवाही फिर्ता लिने समेत संकेत गरेका छन्।
नेपाल पक्षले २०७७ जेठ २ गतेकै अवस्थामा फर्कनुपर्ने सर्त सारेको छ। त्यसलाई ओलीले मानेका छैनन्।

प्रतिक्रिया