राजनीति


प्रधानमन्त्री ओलीसहित सयभन्दा बढीको पीसीआर परीक्षण

प्रधानमन्त्री ओलीसहित सयभन्दा बढीको पीसीआर परीक्षण

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ८:४४,

प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको बताए।

उनले भने, ‘आज बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो।’

प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिँदै छन्।

त्यसअगाडि सांसदहरुसहित संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणका लागि स्वाब संकलन बुधबार र बिहीबार गरिएको थियो।

त्यसमध्ये बुधबारको परीक्षणमा तीन कर्मचारीसहित चार सांसदमा कोरोना पुष्टि भइसकेको छ। बिहीबार लिइएको स्वाबको रिपोर्ट भने आउन बाँकी नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .