ad ad

राजनीति


राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज, बन्लान् बादल उम्मेदवार?

राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज, बन्लान् बादल उम्मेदवार?

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार २:४०,

राष्ट्रिय सभामा रिक्त एक सदस्य चयनका लागि गर्न लागिएको उपनिर्वाचनअन्तर्गत आज (शुक्रबार)उम्मेदवारी दर्ता हुँदै छ। निर्वाचन आउने जेठ ६ गते हुने छ।

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेका कारण रिक्त बनेको छ।

त्यही पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो। त्यसका लागि बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा अहिले बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ।

एमालेले माओवादी केन्द्रबाट आफ्नो पार्टीमा प्रवेश गरेका बादललाई नै पुनः उम्मेदवार बनाउने चर्चा छ। स्वयं बादल भने निर्वाचनमा पराजित हुने भयले उम्मेदवार बन्न अनिच्छुक देखिएका स्रोतले जनाएको छ।

बादल उम्मेदवार नबन्ने हो भने एमालेले अर्को उम्मेदवार खडा गर्नुपर्ने हुन्छ। तर एमालेले अर्को उम्मेदवार तय गर्न सकेको छैन।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टी ९जसपा० ले साझा उम्मेदवारका रुपमा डा। खिमलाल देवकोटालाई अघि सारेका छन्। माधव नेपालनिकट देवकोटा संघीयता विज्ञ हुन्। तर एमालेभित्रको आन्तरिक विवादका कारण माधव नेपाल पक्ष यो समीकरणबाट बाहिरिन सक्ने सम्भावना पनि उत्तिकै छ।

राष्ट्रिय सभा निर्वाचनमा नेपाल पक्ष कांग्रेस माओवादी गठबन्धनमा सामेल भएपछि ओली पक्ष सशंकित बनेको छ। एमालेको दुवै खेमा ९ओली–नेपाल० को एउटै उम्मेदवार खडा गर्न एमालेभित्र छलफल तीव्र बनेको छ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेश सभाका १ सय १० सदस्य तथा प्रदेशभित्रका नगरपालिकाका प्रमुखरउपप्रमुख र गाउँपालिकाका अध्यक्षरउपाध्यक्षसमेत २३८ गरी कूल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .