ad ad

राजनीति


रामकुमारी झाक्री भन्छिन् : हामी त डुब्छौं नै, तिमीलाई पनि लिएरै डुब्छौं

रामकुमारी झाक्री भन्छिन् : हामी त डुब्छौं नै, तिमीलाई पनि लिएरै डुब्छौं

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ८:५२,

नेकपा (एमाले) की केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टीभित्रको अहिलेको परिस्थितिलाई संकेत गर्दै एउटा पक्ष मात्र नभइ दुवै पक्ष डुब्न लागेको बताएकी छन्।

सामाजिक सञ्जालमा लेख्दै झाक्रीले लेखेकी छन्, ‘हामी त डुब्छौं नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौं।’

उनले सत्यनास हुनबाट जोगिनु छ भने दम्भ त्याग्न नेतृत्वलाई चेतावनीसमेत दिएकी छन्।

हिन्दी उखान उदृत गर्दै झाक्रीले लेखेकी छन्, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे। अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’ 

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली एक पक्षीय रुपमा हिँडेको र पार्टी फुटाउन लागि परेको भन्दै विरोध गरिरहेकी झाक्रीको व्यंग्य पनि ओलीतर्फ नै केन्द्रित छ ।

jhakri-dee.PNG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .