ad ad

राजनीति


उपचाररत् मोदनाथ प्रश्रितलाई कोरोनाले बनायो कठीन

उपचाररत् मोदनाथ प्रश्रितलाई कोरोनाले बनायो कठीन

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ८:२,

कोरोनाबाट संक्रमित भई अस्पतालमा उपचाररत् वामपन्थी नेता तथा साहित्यकार मोदनाथ प्रश्रितको अवस्था जटिल भएको छ।

पूर्वमन्त्री प्रश्रित अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत् छन्।

उनका छोरा डा. विजय पौडेलका अनुसार अस्पतालमा उपचाररत् प्रश्रितको अवस्थामा सुधार हुन सकेको छैन।

डा. पौडेल पनि कोरोना संक्रमित भई सोहि अस्पतालमा उपचाररत् छन्।

एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसांसद समेत रहेका डा. पौडेलले आफ्नो अवस्था भने सुधारोन्मुख रहेको बताएका छन्। 

‘सबै मित्रहरूमा नमस्कार! बुबा र दुबैजनालाई कोविड भएर विभिन्न अस्पताल चहार्दै अहिले महराजगन्ज टिचिङ हस्पिटलमा छौं। मलाई धेरै आराम भएको छ तर बुबालाई गार्‍हाे भैरहेको छ। समयले हाम्रो परिवारसङ्ग कठोर परीक्षा लिदै छ। ‘संघर्ष हो जीवन,’ पौडेलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

पुराना वामपन्थी नेता प्रश्रित नेपालका प्रतिष्ठित साहित्यकार तथा पूर्वीय अध्ययनका ज्ञाता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .