राजनीति


ममता बनर्जी लगातार तेस्रोपटक बनिन् बंगालको मुख्यमन्त्री, मोदीले दिदीभन्दै दिए बधाई

ममता बनर्जी लगातार तेस्रोपटक बनिन् बंगालको मुख्यमन्त्री, मोदीले दिदीभन्दै दिए बधाई

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ७:४०,

हालै सम्पन्न विधानसभाको निर्वाचनमा बंगालमा तृणमूल काँग्रेसले बहुमत हासिल गरेसँगै लगातार तेस्रोपटक ममता बनर्जी मुख्यमन्त्री बनेकी हुन्।

वर्तमान समयमा तृणमूल काँग्रेसकी प्रमुख बनर्जी भारतको एक्ली महिला मुख्यमन्त्री हुन्।

तृणमूल काँग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपालाई पराजित गर्दै सरकार बनाएको हो।

२९४ सिटका लागि भएको निर्वाचनमा बनर्जीको पार्टीले २१३ सिटमा जित तिकाल्दा भाजपाले ७७ सिटमा जित हात पारेको थियो।

Mamata Banerjee Takes Oath As Bengal Chief Minister For 3rd Timeबनर्जीले तेस्रो कार्यकालको लागि बुधबार शपथग्रहण गरिन्

मोदीको पार्टीलाई लगातार पराजित गरेपछि बनर्जीको चर्चा भारतभर चुलिएको छ।

यसबीचमा बुधबार बनर्जीले मुख्यमन्त्रीको शपथग्रहण गरेसँगै प्रधानमन्त्री मोदीले पनि उनलाई शुभकामना दिएका छन्।

मोदीले भनेका छन्,‘पश्चिम बंगालको मुख्यमन्त्रीको रूपमा शपथ लिएकोमा ममता दिदीलाई बधाई छ।’

७० वर्षका मोदीले ६६ वर्षकी बनर्जीलाई किन दिदी भने?

पश्चिम बंगालमा सम्मान गरेर साझा रुपमा सम्बोधन गर्दा महिलालाई ‘दिदी’ र पुरुषलाई ‘दादा’ भन्ने गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेकी ममता बनर्जीलाई पहिल्यैबाट ‘दिदी’ भनिएको थियो।

अविवाहित उनलाई सम्मान गरेर ‘दिदी’ भनिएको हो। महात्मा गान्धीलाई ‘बापु’ भनेर चिनिएजस्तै ममता बनर्जीलाई ‘दिदी’ भनेर चिन्ने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .