भोलिदेखि थप चार जिल्लामा निषेधाज्ञा हुने भएको छ।
गृह मन्त्रालयका अनुसार बाजुरा, महोत्तरी, रोल्पा र सुनसरीमा निषेधाज्ञा गर्ने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले घोषणा गरेका छन्।
योसँगै निषेधाज्ञा हुने जिल्लाको संख्या ४६ पुगेको छ। सुनसरीमा यसअघि यातायातमा जोर बिजोर प्रणाली लागु भएपनि निषेधाज्ञा भने गरिएको थिएन।
मंगलबार मध्यरातिदेखि सुनसरीमा पनि निषेधाज्ञा जारी भएको हो।
निषेधाज्ञा गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नै दिइएको छ। सोहिअनुसार आफ्नो जिल्लाको जोखिमको अवस्था हेरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरिरहेका छन्।
जिल्लामा संक्रमण र भीडभाडको अवस्था हेरेर कतै केही खुल्ला र कतै कडाइका साथ निषेधाज्ञा कार्यन्वयन भइरहेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा भने बिहीबारदेखि थप कडाइ गर्ने निर्णय भएको छ।
निषेधाज्ञा लागु भएका ४६ जिल्ला र कायम रहने मितिः

प्रतिक्रिया