राजनीति


कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण, भन्छन् : लक्षणले च्यापेका छन्

कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण, भन्छन् : लक्षणले च्यापेका छन्

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ५:४,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरसको संक्रमण भएको छ।

स्टार हस्पिटलमा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार बेलुका स्वाब दिएको र आज रिपोर्ट पोजिटिभ आएको प्रवक्ता शर्माले जानकारी दिएका छन्।

लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उल्लेख गर्दैै उनले सबैलाई सजग बन्न आग्रह गरेका छन्।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो– पोजिटिभ,’ प्रवक्ता शर्माले जानकारी दिएका छन्, ‘टेकुका डा. मित्र अनुप बाँस्तोलाको निर्देशनअनुरूपको औषधि सेवन सुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन्, तर मनोबल उच्च छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .