राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।
आज बसेको मन्त्रिपरिषद बैठकले वैशाख २७ गतेका लागि अधिवेशन सिफारिस गरेको थियो।
प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि संसद अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालले जनाएको छ।
प्रतिक्रिया