समाज


होटल सञ्चालकको हत्या अभियोगमा तीन जना पक्राउ

होटल सञ्चालकको हत्या अभियोगमा तीन जना पक्राउ

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १३:१५,

गुल्मीको ईश्मा गाउँपालिका–२ को न्यू भूमरी होटलका सञ्चालकको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

छिनुवा खोलास्थित उक्त होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा ईश्मा गाउँपालिका १ का २० वर्षीय शुसिल कुमार र सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोरहरु रहेका छन्।

२०७७ भदौ २२ गते बिहान मोतीबहादुरलाई उनकै होटेलभित्र रगताम्य भई बेहोस अवस्थामा उनका दाइ यमबहादुर कुँवरले फेला पारेका थिए।

तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घासमा लगेकोमा उपचारको क्रममा मोतिबहादुरको मृत्यु भएको थियो।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले ८ महिनापछि संलग्नलाई पक्राउ गरेको हो।

भदौ २१ गते राति मोतीबहादुरको होटलमा रक्सी पिउने क्रममा २०७७ भदौ ३ गते राति तिजको मेला हेर्न राहाले जाने क्रममा मोतीबहादुरले बाटोमा बसेका युवायुवतीलाई लाईट देखाएको विषयमा उनीहरुबीच झगडा भएको खुलेको छ।

पक्राउ परेकाविरुद्ध जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad