ad ad

राजनीति


बाइडेनसँग भड्कियो उत्तर कोरिया, अमेरिकाले गम्भीर अवस्थाको सामना गर्नुपर्ने चेतावनी

बाइडेनसँग भड्कियो उत्तर कोरिया, अमेरिकाले गम्भीर अवस्थाको सामना गर्नुपर्ने चेतावनी

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ६:४९,

बाइडेनले उत्तर कोरिया र उसको परमाणु कार्यक्रमको बारेमा अमेरिकाको रणनीति घोषणा गर्नलाग्दा उत्तरबाट यस्तो चेतावनी आएको हो।

राष्ट्रपति बाइडेनले हालै आफ्नो भाषणमा उत्तर कोरियालाई अमेरिकी खतरा भन्दै आगामी दिनमा उत्तरसँग ‘शत्रुतापूर्ण नीति’ अपनाउने बताएका थिए। उनले उत्तर कोरियाको परमाणु कार्यक्रम विश्व सुरक्षाको लागि खतरा भएको पनि जनाएका थिए।

ह्वाइट हाउसले पनि हालै उत्तर कोरियासँग कडा नीति अबलम्ब गर्ने बताएका थियो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले शुक्रबार मात्र उत्तरको परमाणु कार्यक्रम रोक्न अमेरिकाले काम गर्ने बताएकी थिइन्।

तर अमेरिकाको प्रतिवाद गर्दै आइतबार उत्तर कोरियाको सरकारी संचारमाध्यममा उत्तरको विदेश मन्त्रालयको एउटा बयान प्रकाशित भएको छ। त्यहाँ बाइडेनको भनाइ ‘असहनीय र ठूलो गल्ती’ भएको उल्लेख छ।

उत्तरको विदेश मन्त्रालयका अमेरिकी मामिला विभागका सदस्य क्वान जंग–गुनले भने,‘बाइडेनको बयानबाट यो स्पष्ट हुन्छ कि उनी उत्तर विरोधी व्यवहार गर्न चाहन्छन् जुन ५० वर्षदेखि अमेरिकाले गर्दै आएको छ।’

विदेश मन्त्रालयको एक अर्को बयानमा उत्तरले अमेरिकाले आफनो मानवअधिकारको आलोचना गर्दै सर्वोच्च नेता किम जोङ उनको बेइज्जत गरेको उल्लेख गरिएको छ।

‘उत्तर कोरिया र इरानको परमाणु योजना अमेरिकासँगै विश्वको सुरक्षाको लागि गम्भीर खतरा हो’ बाइडेनले हालै आफ्नो कार्यकालको सय दिन पुरा हुँदा पहिलो काँग्रेसको संयुक्त अधिवेशनमा भनेका थिए,‘हामी आफ्नो सहयोगी राष्ट्रसँग मिलेर यो खतरासँग जुध्न कूटनीति र कडा विरोधको सहारा लिन्छौं।’

बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा गतवर्ष किम जोङ उनलाई ‘ठग’को संज्ञा दिएका थिए।

यसरी आफूविरुद्ध अमेरिका प्रस्तुत हुँदै गएपछि उत्तर कोरियाले अमेरिकाले गम्भीर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .