नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सहयोद्धा झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
कोरोना संक्रमण पुष्टि भएपछि पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता खनाल अहिले नर्भिक इन्टरनेसनल हस्पिटल (थापाथली) मा उपचाररत छन्।
‘हाम्रो पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ नेता नेपालले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै उहाँको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु।’
यो पनि : कोरोना संक्रमित झलनाथ खनाल अक्सिजनको सामान्य ‘सपोर्ट’मा : नर्भिक हस्पिटल

प्रतिक्रिया