राजनीति


क्वारेन्टिनको नियम पालना नगर्ने विदेशीलाई डिपोर्ट

क्वारेन्टिनको नियम पालना नगर्ने विदेशीलाई डिपोर्ट

नेपालखबर
बैशाख १८, २०७८ शनिबार १२:२२,

सरकारले होटल क्वारेन्टिन बस्नेहरुको नियमित अनुगमन गर्ने भएको छ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले काठमाडौं उपत्यकामा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्तरुपमा होटल क्वारेन्टिनमा बस्नेहरुको अनुगमन गर्ने निर्णय गरेको हो।

अन्य जिल्लामा पनि संयन्त्र बनाएर अनुगमन गर्न निर्देशन दिइएको छ। होम क्वारेन्टिनमा बसेकाहरुलाई स्थानीय तहले अनुमगन गर्ने छन्।

होटल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउने पनि सीसीएमसीले निर्णय गरेको छ।

यस्तै होटेल क्वारेन्‍टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने पनि सीसीएमसीले निर्णय गरेको छ।

होटल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने संचालकलाई प्रचलित कानुन अनुसार कारवाही गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .