राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रभावकारी कूटनीतिक कदम चालेर कोरोनाविरुद्धको खोप ल्याउन सरकारसँग माग गरेको छ।
पार्टीका अध्यक्षत्रय पशुमती शमसेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले एक विज्ञप्ति जारी गर्दै संक्रमितहरुको नि:शुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कुटनीतिक प्रयासद्धारा संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न भनिएको छ।
यस कार्यमा सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको विज्ञप्तिमा उल्लेख छ।
यो राष्ट्रिय संकटसँग मुकाविला गर्न राष्ट्रका सवै राजनीतिक, आर्थिक, वौद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृतगरी प्रभावकारीरुपले तत्काल परिचालन गर्नसमेत माग गरिएको छ।

प्रतिक्रिया