नेपाली सेनाले छुट्टा छुट्टै स्थानबाट हतियार र जडिबुटीसहित दुई जनालाई पक्राउ गरेको छ।
सेना र निकुञ्ज कर्मचारीसहितको पट्रोल टोलीले मुगुको रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रारा रावलकोट मध्यबर्ती क्षेत्रको तारापानीबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोरु गाउँपालिकाका ४८ वर्षिय प्रेम बहादुर शाही रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
उनलाई निकुञ्ज कर्मचारीको रोहवरमा मुचुल्का तयार गरी हतियारसहित आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालय, हुटुलाई बुझाइएको छ।
त्यसै मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको मकालु गाँउपालिका ३ बाट सेनाले अवैध जडिबुटीसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाली सेना, श्री नयाँ रणभिम गुल्मको चेक प्वाईन्टमा खटिने टोलीले अवैध रुपमा लुकाईछिपाई ल्याएको जडिबुटीसहित एक जनालाई पक्राउ गरेको हो।
गोला बसपार्कबाट खाँदवारीतर्फ जाँदै गरेको को १ ज २३२१ नं. को वोलेरो जिप चेक जाँच गर्ने क्रममा जिपमा सवार भोटखोला, वडा नं.२ निवासी वर्ष ५३ का डिन्मा फिन्जो भोटेलाई सेनाले पक्राउ गरेको हो।
उनको साथबाट पाखनवेद ८० किलो, टिमुर १० केजी, रातो गुराँसको फूल १ बोरा लगायतका जडिबुटी सेनाले बरामद गरेको छ।
उनलाई निकुञ्ज कार्यालयका प्रतिनिधिलाई बुझाएको सेनाले बताएको छ।
Shares
प्रतिक्रिया