राजनीति


अविश्वासको प्रस्ताव अप्राकृतिक छ, कात्रो बनेर आयोः सांसद थापा

अविश्वासको प्रस्ताव अप्राकृतिक छ, कात्रो बनेर आयोः सांसद थापा

नेपालखबर
बैशाख १५, २०७८ बुधबार ८:२६,

नेकपा एमाले गण्डकी प्रदेशका सांसद कृष्ण थापाले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव अप्राकृतिक भएको बताएका छन्।

सो प्रस्तावमाथिको छलफलमा बोल्दै थापाले अविश्वासको प्रस्ताव आग्रह पूर्वाग्रहले मात्र प्रेरित नभएर अप्राकृतिक समेत भएको बताए।

कोरोना महामारीमा जनता आक्रान्त हुँदा अविश्वासको प्रस्ताव कात्रो बनेर आएको उनको भनाइ छ।

‘कोरोनाले छटपटाएको बिरामीले अहिले पाउनुपर्ने के हो? तर आज अविश्वासको प्रस्ताव अक्सिजन र भेन्टिलेटर लिएर आएको छैन, कोरोनाको बिरामीका लागि यो कात्रो बनेर आएको छ,’ थापाले भने।

राम्रा काम गर्दा गर्दै पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको उनको भनाइ छ।

‘अझै पनि समय वितेको छैन, अझै पनि सोच्न सक्नुहुन्छ’, उनले भने ‘अविश्वासको प्रस्ताव गण्डकी प्रदेशका जनताले दिएको अभिमतको विपरित छ। यो दुर्घटना घट्यो भने पनि यो लामो जाँदैन।’

मुख्य पार्टीलाई बाहिर राखेर स्थिरताको कुरा गर्नु वकवास भएको उनले बताए।

मुख्यमन्त्रीले सबैंसँग सहकार्य गरेर काम गरे पनि प्रतिपक्षले अगाडि मीठा कुरा गर्ने तर बगलीमा छुरा लिएर हिँड्ने काम गरेको आरोप थापाले लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad