एनआईसी एसिया बैंक लिमिटेडले चालू आ.व. २०७७/०७८ को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन्।
कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद बैंकले तेस्रो त्रैमासिकसम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी मुद्राको निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ५० प्रतिशतको उत्साहजनक वृद्धि गर्न सफल भएको छ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३४.८७ रुपैयाँ आर्जन गर्न सफल भएको छ। बैंकले गत वर्षको सोही अवधीको तुलनामा २०.०७ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई ३ अर्ब खुद मुनाफा आर्जन गरेको छ।
बैंकको स्व–पुँजीमा प्रतिफल २१.५२ प्रतिशत रहेको छ। जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ।
बैंकले तेस्रो त्रैमासिकसम्ममा कर्जातर्फ ८६ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (८५ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ६० अर्ब पु¥याउन सफल भएको छ।
जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६ खर्ब ५ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको १४.२१ प्रतिशतको हिस्सा रहेको छ।
साथै, बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ७८ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (९५ अर्ब)ले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ८६ अर्ब पु¥याउन बैंक सफल भएको छ।
जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ४ खर्ब २७ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १८.१८ प्रतिशत रहेको छ।
यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई यस तेस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा घटाउन बैंक सफल भएको छ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ । सोही अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ९२ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ।
बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणामस्वरूप बैंकका प्रमुख १० ग्राहकहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.१५ प्रतिशत मात्रै रहेको छ।
जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएकोमध्ये पर्दछ।
साथै बैंकको कुल कर्जामा ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९२.७१ प्रतिशत रहेको छ।
बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैर वित्तीय सुचांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७७÷७८ को दोस्रो त्रयमासमा कर्जा, निक्षेप, स्वँ–पूजीमा प्रतिफल, शाखा कार्यालय, र एटिएममा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ। साथै, खुद ब्याज आम्दानी र प्रति शेयर आम्दानीतर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने खुद नाफा, चल्ती तथा बचत निक्षेप र निष्कृय कर्जा अनुपातमा तेस्रो स्थान ओगट्न सफल भएको छ ।

प्रतिक्रिया