राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित अर्का एक सांसदको सिट पनि रिक्त भएको छ।
माओवादी केन्द्रका सांसद चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले उनलाई कारवाही गरेको थियो।
सोहिअनुसार माओवादी पार्टीका राष्ट्रिय सभाका नेता दीनानाथ शर्माले संघीय संसद सचिवालयमा बैशाख १० गते जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज बुधबार सो पद रिक्त भएको जानकारी दिएको छ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालद्वारा जारी सूचनामा सो जानकारी गराइएको हो।
यसअघि माओवादीबाट निर्वाचित रामबहादुर थापा पनि एमालेमा प्रवेश गरेपछि उनको पद रिक्त भएको थियो।
गृहमन्त्रीसमेत रहेका थापाको रिक्त स्थानमा जेठ ६ गते निर्वाचन हुँदै छ।
निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतमा मंगलबार मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई नियुक्त गरिसकेको छ।
सूचना:

यो पनिः
- राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि एक करोड ६१ लाख खर्च अनुमान
- माओवादी केन्द्रद्वारा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई निलम्बन गर्न सिफारिस
- गृहमन्त्री थापा हटाइएपछि राष्ट्रिय सभामा रिक्त सदस्य पदको चुनाव गर्ने तयारी
Shares

प्रतिक्रिया