ad ad

राजनीति


सरकारी अस्पताललाई सर्वसाधारणमैत्री बनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

सरकारी अस्पताललाई सर्वसाधारणमैत्री बनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १२:५९,

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिएका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको आजको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारणमैत्री बनाउन निर्देशन दिएका हुन्।

असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरुले निकै ठूलो राहत पाउने बताए।

उपप्रधानमन्त्री पोखरेल सोमबार बाँसबारीस्थित गंगालाल अस्पताल पुगेर आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ५ अन्तर्गत पर्ने टिचिङ अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका थिए।

निर्वाचनका बेला जनतासँग गरेको प्रतिवद्धता अनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र र गुणस्तरीय बनाउन आफू प्रतिवद्ध रहेको उनले बताए।

सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरु दिन उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .