नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको तन एकातिर, मन अर्कातिर भएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका ‘अवैधानिक’ निर्णयप्रति असहमति जनाउँदै एमालेकै नाममा अलग्गै गतिविधि गरिरहेका नेता नेपालको तन मात्र एमालेमा, मनचाहिँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतिर भएको आरोप बाँस्कोटाले लगाएका हुन्।
नेता नेपालको बाटोभन्दा माओवादी केन्द्र छाडेर एमालेमा आएका गृहमन्त्री रामबहादुर थापाकै बाटो सही भएको दाबी पनि उनले गरेका छन्।
‘कमरेड नेपाल आधा शताब्दी देखि सिद्धान्तको राजनीति गर्दै आएको हुँ भन्छन्, तर आजभोलि अदालत धाएको हेर्दा कानुनका नौ सिङवाला पो लाग्यो,’ मंगलबार बिहान बाँस्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘कुन्ती मोक्तानकै धरान धनकुटा भो उनको राजनीति।’
अगाडि लेखेका छन्, ‘कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही। कठिन छ, तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा !’


प्रतिक्रिया