राजनीति


प्रदेश १ : घरेलु मदिरा ब्रान्डिङ गर्न कार्यदल गठन

प्रदेश १ : घरेलु मदिरा ब्रान्डिङ गर्न कार्यदल गठन

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ३:१३,

प्रदेश–१ मा घरेलु मदिरालाई ब्रान्डिङ गर्न कार्यदल गठन गरिएको छ। प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्राण्डिङ गर्न भन्दै कार्यदल गठन गरेकी हुन्।

प्रदेश–१ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा गठित कार्यदल १० सदस्यीय छ।

कार्यदलमा प्रदेश योजना आयोग सदस्य मीना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाइँ, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाईं, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ सदस्य रहेका मन्त्री राईको सचिवालयले जनाएको छ।

कार्यदलको सदस्य–सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई छन्। कार्यदलदाक्ष्ए ४५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको मन्त्री राईले जानकारी दिइन्।

मन्त्री राईले विगतदेखि नै घरेलु मदिरामाथिको लगाइएको कारोबार प्रतिवन्ध फुकुवा गर्नुपर्ने आवाज उठाउँदै आएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad