कोभिड -१९ महामारीका कारण नेपाली कांग्रेसको सोमबारका लागि तय भएको केन्द्रीय समिति बैठक सरेको छ।
आज सभापति शेरबहादुर देउवा निकास बुढानिलकण्ठमा बसेको बैठकले सबै केन्द्रीय सदस्यको पिसिआर परीक्षण गरेर मात्र बैठक बस्ने निर्णय गरेको पार्टी उपसभापति विमलेन्द्र निधिले जानकरी दिए।
बैठकमा समसामयीक राजनीतिक परिस्थिति, केन्द्रीय समिति बैठकको एजेण्डा र १४ औं महाधिवेशनको विषयमा छलफल भएको बताइएको छ।
१४ औं महाधिवेशनको लागि क्रियाशील सदस्यता छानवीन गर्नेबारे पनि बैठकमा छलफल भएको छ। धेरै जिल्लामा क्रियाशील सदस्यता छुटेको, ६ लाख आइसकेको छ र अझै आउन बाँकी रहेको निधिले बताए।
१५ गतेसम्मलाई त्यसका लागि अन्तिम डेटलाईन दिएको उनले बताए। तर, कतिपय जिल्लामा कोरोका कारण अप्ठेरो भइरहेको भन्ने रिपोर्टसमेत आएको उनले बताए।
७ वटा जिल्लामा रोकिएको निर्वाचन समितिले गरेको समायोजनको कामबारे पनि बैठकमा छलफल भएको थियो।
'त्यसको बारेमा टुंगो लाग्न सकेको छैन। निर्वाचन समितिलाई टुंगो लगाउन दिने कि केन्द्रीय समितिको प्रतिनिधि पठाएर गर्ने भन्ने निर्णय भएको छैन', निधिले भने, 'किनभने, राधेश्याम अधिकारीजीले राजीानामा गरिसक्नुभयो। यस्तो बेलामा ति ७ वटा जिल्लाको के गर्नै ? निर्णय भएको छैन।'
Shares

प्रतिक्रिया