राजनीति


फ्लोर क्रस गर्ने सूचना आएको छ, त्यसबारे निर्णय गर्छौं : एमाले

फ्लोर क्रस गर्ने सूचना आएको छ, त्यसबारे निर्णय गर्छौं : एमाले

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ७:१६,

नेकपा एमालेले कर्णाली प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि फ्लोर क्रस गराउने तयारी भइरहेको भन्दै त्यसको सूचना लिइरहेको जनाएको छ।

आइतबार आकस्मिक रुपमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले कर्णालीमा जस्तै विभिन्न ठाउँमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बारेमा छलफल भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

‘हाम्रै पार्टीभित्रका साथीहरुबाट अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको छ। कर्णालीजस्तै विभिन्न ठाउँमा त्यसको तयारी भएको जानकारी पाएका छौं, ज्ञवालीले भने। 

baluwater meeting12baishak

'अलिकति स्थितिको हामीले समीक्षा गर्‍यौं, अहिले अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको छ। कसरी ल्याउने कुरा त धेरै ठूलो कुरा भएन', उनले भने, 'तर, कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरु गराउन पनि प्रयासहरु हुँदै गरेका बारेमा हामीले आवश्यक जानकारी लिइरहेका छौं, त्यसका लागि आवश्यक निर्णय पछाडि उपयुक्त समयमा गर्नेनै छौं।'

यस्तै आजको बैठकले कोभिड नियन्त्रणमा पार्टी परिचालित हुने पनि निर्णय गरेको उनले जानकारी दिए।

पार्टीका केही नेताहरुलाई स्पष्टिकरण सोधिएकोबारेमा समेत ओलीले बैठकमा जानकारी गराएका थिए।

'पार्टीमा केही नेताहरुलाई स्पष्टीकरण सोधिएको बारेमा प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराउनुभयो', बैठकपछि ज्ञवालीले भने, 'अस्तीको बैठकले आवश्यक छलफल गरेर निर्णय गर्ने जिम्मा स्थायी समितिलाई दिएको हुनाले आवश्यक निर्णय आगामी दिनमा हुँदै जानेछन्।'

‘कोभिड कसरी भूमिका खेल्न सक्छ भन्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभयो। अब आयोजक समितिको बैठक बस्न गाह्रो छ। गाउँ गाउँमा जागरण अभियान चलाउने। स्थानीय तह र जिल्लाको सबै संगठन परिचालित हुनको लागि विशेष कार्यायोजना बनाएर अघि बढ्ने निर्णय भएको छ,’ ज्ञवालीले भने।

वैठकले सबै केन्द्रीय सदस्य र मातहतका कमिटीहरुलाई कोरोना नियन्त्रणमा जुट्न निर्देशन दिएको छ।

जिल्ला कमिटीहरु, जनप्रतिनिधिहरु सबैले जिल्ला जिल्लामा हेल्थ डेस्क राख्न, विदेशबाट आएका वा संक्रमणको संभाव्य जोखिममा रहेका साथीहरुलाई क्वारेन्टिनमा राख्न, त्यस्तो क्वारेन्टिन बनाउनको निम्ति स्थानीय तहसँग समन्वय गर्न र गाउँ गाउँमा जागरण अभियान चलाउनसमेत भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad