राजनीति


सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा छैन: प्रवक्ता ज्ञवाली

सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा छैन: प्रवक्ता ज्ञवाली

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ७:१३,

सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ।

एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो जानकारी दिएका हुन्।

‘अहिलेको आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकल पालना गर्नुस् मात्रै भन्छौं,’ उनले सत्तारुढ दल एमालेको बैठकपछि भने, ‘लकडाउनले केहि दिनका लागि चेनब्रेक मात्र गर्छ, यसले धकेल्ने मात्र हो र आफैंमा समाधान होइन।’

अर्थतन्त्र पनि भर्खर तङरिन लागिरहेको हुँदा सकभर अर्थतन्त्र र मानिसहरुको जीविकामा प्रतिकूल असर नपरोस् भन्ने सरकारको चाहना रहेको उनले बताए।

‘हटस्पटहरुमा आंशिक लकडाउन हुनसक्छ र त्यो स्थानीय तहमा मात्र हुन्छ, देशव्यापी होइन,’ ज्ञवालीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad