ad ad

राजनीति


राणाकालमा भएको भए धरहराको नाम केपी टावर हुन्थ्यो : मेयर शाक्य

राणाकालमा भएको भए धरहराको नाम केपी टावर हुन्थ्यो : मेयर शाक्य

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ६:४८,

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राणा कालमा भएको भए धरहराको नाम केपी टावर हुने बताएका छन्।

अहिले राणा समय भएको भएर धरहरा पुनर्निर्माण भएको भए यसको नाम केपी टावर हुने उनले बताएका हुन्। 

पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै शाक्यले भने, 'राणाकालमा ओली नभइ राणा भएको भए यसको नाम अहिले ओली टावर हुन्थ्यो।

पुरानो धरहरालाई संरक्षण गरेर नयाँ धरहरा बनाएको उनले बताए। पुनर्निर्माणका धरै काम सम्पन्न भएको उनले बताए। रानी पोखरी, दरवार स्कुल निर्माण भइसकेको उनले बताए। काष्ठमण्डप निर्माण सम्पन्न हुँदैगरेको शाक्यले बताए।

ऐतिहासिक दिनमा ऐतिहासिक काम सम्पन्न भएकोमा उनले सबैलाई धन्यवाद दिए। यस अघि धरहरामा राखेको सिलालेख प्रधानमन्त्रीले अनावरण गरेका छन्। उनले २२ औं तलाबाट ओलीले पुष्पवृष्टि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .