ad ad

राजनीति


महाराष्ट्रका पूर्वगृहमन्त्री देशमुखविरुद्ध सीबीआईले अघि बढायो ठूलो कारबाही प्रक्रिया

महाराष्ट्रका पूर्वगृहमन्त्री देशमुखविरुद्ध सीबीआईले अघि बढायो ठूलो कारबाही प्रक्रिया

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ५:१३,

भारतीय राज्य महाराष्ट्रका पूर्वगृहमन्त्री अनिल देशमुखविरुद्ध आर्थिक मुद्दामा सीबीआईले ठूलो कारबाही प्रक्रिया अघि बढाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रकम असुली प्रकरणमा उनीविरुद्ध सीबीआईले उजुरी (एफआईआर) दर्ता गरेको हो। योसँगै उनका विषयमा अनुसन्धान अघि बढाइएको छ।

मुम्बईका प्रहरी प्रमुखबाट हटाइएका परमवीर सिंहले तत्कालीन गृहमन्त्री देशमुखले अम्बानी प्रकरणमा पक्राउ परेका निलम्बित प्रहरी सहायक निरीक्षक सचिन वझेलाई व्यापारीहरूबाट मासिक सय करोड रुपैयाँ असुली गरी आफूलाई बुझाउन निर्देशन दिएको आरोप लगाएका छन्।

सोही आरोपछि गृहमन्त्री पदबाट राजीनामा दिएका देशमुखलाई लगाइएको गम्भीर आरोप अनुसन्धान गर्न सबीआईलाई आदेश दिएको हो। यसविरुद्ध उनी सर्वोच्च अदालत गुहार्न पुगेका थिए। तर सर्वोच्च अदालतले पनि प्रकरण गम्भीर भएकाले अनुसन्धान आवश्यक भएको ठहर गर्दै उनको याचना खारेज गरिदिएकाे थियाे।

गत फेब्रुअरी २५ तारिखका दिन भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ ९जिलेटिन० ले भरिएको स्कार्पियो गाडी वेबारिसे अवस्थामा भेटिएको थियो। त्यस काण्डमा संलग्न आरोपमा मुम्बईका तत्कालीन सहायक प्रहरी निरीक्षक सचिन वझेलाई गिरफ्तार गरिएको छ भने त्यहींका प्रहरी प्रमुख परमवीर सिंहलाई पदबाट हटाइएको छ।

यसै क्रममा पूर्वप्रहरी प्रमुख सिंहले गृहमन्त्री देशमुखले हाल निलम्बित प्रहरी सहायक निरीक्षक वझेलाई व्यापारीहरूबाट मासिक सय करोड रुपैयाँ असुल गरी आफूलाई बुझाउन निर्देशन दिएका थिए भनेर महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र पठाएका थिए। त्यसपछि विवादमा परेका गृहमन्त्री देशमुख अन्ततः राजीनामा दिन बाध्य भए भने उनीविरुद्धको गम्भीर आरोपबारे अनुसन्धान गर्न भन्दै बम्बईको उच्च अदालतले सीबीआईलाई आदेश दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .