नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले संगठनको प्रवक्ताको जिम्मेवारी उपमहासचिव जिपी मैनालीलाई दिएको छ।
अध्यक्ष रन्जित तमाङकाे अध्यक्षतामा बिहिबार बसेको बैठकले मैनालीलाई प्रवक्ताकाे जिम्मेवारी दिएको क्रान्तिकारीले जनाएको छ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी ब्युँताइदिएपछि क्रान्तिकारीले संगठन पुनर्गठन गरेको जनाएको छ।
क्रान्तिकारीको फागुन १४ गते बसेको केन्द्रीय समिति बैठकले संगठनकाे जिम्मेवारीमा ब्यापक हेरफेर गरेको हो।
3
Shares

प्रतिक्रिया