नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ताको तयारी गरिएको छ।
पछिल्लो समय तिक्कतापूर्ण सम्बन्धमा रहेका दुई नेताबीच बुधबार साँझ एक्लाएक्लै २ घण्टा छलफल भएको थियो।
सो बैठकमा दुवै नेताबीच बिहीबार फेरि भेटवार्ता गर्ने समझदारी भएअनुसार आज पनि भेट हुने अपेक्षा गरिएको नेपालनिकट स्रोतले बताएको छ।
‘हिजोको छलफलमा दुवै नेताले आआफ्नो धारणा मात्रै राख्नु भयो। आज फेरि भेटी अहसमतिका विषयहरुमा थप छलफल गर्ने संभवना छ,’ स्रोतले भन्यो, ‘तर अहिलेसम्म निश्चित समय र स्थान भने टुङ्गो लागेको छैन।’
बुधबारको भेटपछि दुवै नेताले सो दुई घण्टे बसाइमा दुई नेताबीच के के कुराकानी भयो भन्नेबारे उनीहरुले स्पष्ट भने पारेका छैनन्।
यो पनिः
- ओली–नेपाल भेटवार्ता सकियो, दुवै नेता हर्षित
- मेरियटमा ओली र नेपालबीच वार्ता, होटल परिसरमा बढ्यो चहलपहल (फोटोफिचर)
- एकअर्काबीच तीव्र संघर्ष भइरहेकै बेला ओली र नेपालबीच नै भेटवार्ता

प्रतिक्रिया