राजनीति


ओली–नेपाल भेटवार्ता सकियो, दुवै नेता हर्षित

ओली–नेपाल भेटवार्ता सकियो, दुवै नेता हर्षित

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १४:१६,

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ।

काठमाडौंस्थित होटेल मेरियटमा डेढ घण्टा भएको छलफल सकारात्मक रहेको सोहि होटेलमा उपस्थित पूर्व राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन्।

Oli Nepal Marriott exitतस्बिर: सुजन श्रेष्ठ

‘बैठक सकेर बाहिर निस्कँदा दुवै नेता हर्षित मुद्रामा देखिनुभयो, यो सकारात्मक सुरुवात हो,’ बैठक भएको होटेलमै रहेका मोतिलाल दुगडले बैठकपछि भने।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसमेत रहेका उद्योगी दुगडले आफू चाहिँ त्यहाँ दर्शक मात्र भएको बताए।

यो पनिः
मेरियटमा ओली र नेपालबीच वार्ता, होटल परिसरमा बढ्यो चहलपहल (फोटोफिचर)

एकअर्काबीच तीव्र संघर्ष भइरहेकै बेला ओली र नेपालबीच नै भेटवार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .