राजनीति


पार्टीमा गुटलाई भाग मिल्दैन : अध्यक्ष ओली

पार्टीमा गुटलाई भाग मिल्दैन : अध्यक्ष ओली

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ५:३६,

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न चेतावनी दिएका छन्।

मदननगर बल्खुमा बिहीबार पार्टीको केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले गुटगत गतिविधिलाई मान्यता दिन नसकिने बताए।

'धक्का लाग्नु र फेरि उठ्नु फरक कुरा हुन्', उनले भने, 'जे भइरहेको छ यो जरुरी थिएन तर आइपर्छ।' महान पवित्र उदेश्य मात्रै सफल हुने उनको भनाइ छ।

ओलीले पार्टीको नेपाल पक्षले अर्को पार्टी देशभरी खोलेर हिँड्दा पनि आफूहरु सम्झाइवुझाइ गर्ने प्रयासमा रहेको बताए।

‘अराजकतासँग सम्झौता गर्न सकिँदैन, गुटलाई भाग दिन पनि सकिँदैन,’ ओलीले भने, ‘मेरो गुटलाई यति भाग भन्ने अव पार्टीमा चल्दैन।’

UML Balkhu building sketch

उनले पार्टीमा रहेको व्यक्तिवादी प्रवृति भएकाहरुले अरुको सफलता देख्न नसकेर आफूमाथि हमला गरिरहेको आरोप लगाए।

'म र मेरो भन्ने, अरुले सफलता पाएको देख्न नसक्ने र अरुको प्रसंशा सुन्न नसक्नेहरुले हमला गरिरहेका छन्,' उनले भने, 'यो संगठित हमलाको सिलसिला कति निर्मम छ। यदि शासनमा भएका भए के गर्थे होला ?'

हमला आफूमाथिबाटै सुरु भएको उनले बताए। 'हमला यस्तो थियो ५६ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा रहेको मलाई दलको सदस्यबाट हटाइयो', उनले भने, 'दलको नेताबाट हटाउने अर्कै कुरा थियो। साधारण सदस्य पनि नरहने गरी हटाएर उद्घोष गरियो। केपी ओलीलाई सिद्ध्याइयो।'

पार्टीविहीन अवस्थामा पुर्याउन खोज्दै सडकबाट तमासा देखाइएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad