‘अन्डरडग’ अर्थात् त्यस्तो प्रतिस्पर्धी जसले कुनै प्रतिस्पर्धामा जित्ने मौका कमै पाउँछ। मलाई एउटा ‘अन्डरडग’ सधैँ केही त लाग्छ।
एउटा यस्तो भद्र दाबेदार जसले बजारका नेतृत्वकर्तालाई चुनौती पेस गर्छ। यो परम्पराले मैले किनमेल गर्ने स्टोरको आकार निर्धारण गर्छ। एउटा यस्तो खेल टोली जसका लागि म फिट हुन्छु र त्यस्तो प्रविधि जसलाई अक्सर म किन्छु। जब स्मार्टफोनको कुरा आउँछ, म कम्पनीहरुसँग यसरी मोहित भएको छु कि वास्तविक रुपमा उनीहरु धेरै मानिसहरुको वास्तविक खरिद निर्णय होइन।
विन्डोज फोन पहिलोपटक बजारमा आउँदै गर्दा सोही कारण म नै ठूलो समर्थक थिएँ। वर्षौँसम्म एचटीसीको डरलाग्दो फ्यान हुनुको पनि यही कारण हो र बितेका केही वर्ष एलजी फोनका फ्यान हुनुमा पनि सोही कारण हो। तर जब एचटीसी र विन्डोज फोनको ‘सिन्ड्रेला घडी’मा मध्यरात्रिको प्रहार भयो, एलजी फोनहरुका लागि पनि अहिले त्यस्तै नराम्रो समय भोग्ने दिन आएको छ। भर्खरै कम्पनीले आधिकारिक रुपमा स्मार्टफोन व्यवसायबाट हात झिक्ने निर्णय लिएको छ। प्रतिस्पर्धाकै मात्र कुरा होइन। नवप्रवर्तनको सम्बन्धमा पनि जब एलजीजस्ता कम्पनीले बजार छोड्छन्, मोबाइल प्रविधिको लागि यो सधैँ अँध्यारो दिन हो।
एकैछिन एलजीले आफ्नो स्मार्टफोनहरुसँग के ग¥यो, के गरेन विगत पनि हेरौँ न! स्मार्टफोन ल्यान्डस्केपविना ती फोनहरु कस्ता देखिएलान्!

एउटा साँच्चैको नवप्रवर्तक
प्रायः जब हामी नयाँ प्रविधि र सफलताबारे छलफल गरिरहेका हुन्छौँ, यो सामान्यतया त्यस्तो एउटा विषयवस्तु हो जसले विचारको पुनरावृत्ति र बजारीकरण गर्छ, त्यो सधैँ सम्झिरहनेखालको हुन्छ। एलजीको कथा पनि साँच्चै यही नै हो। परिपक्व नयाँ सोच र अझै परिपक्व महत्वाकांक्षाहरुलाई बजारमा ल्याउन लागिपरेको कम्पनी। नयाँ सोचहरुलाई व्यवहारमा ल्याउन एलजी कहिल्यै डराएन। तर यसको असफलताचाहिँ अर्को नवप्रवर्तनको लागि स्थिर धक्का थियो। जब कि यसका प्रतिस्पर्धीहरु उसका वास्तविक सोचहरुमा सुधार गरिरहेका थिए।
प्रविधिसम्बन्धी भिडियो निर्माता एमकेबीएचडीले परिचित मार्क्स ब्राउनलीले एलजीको अवरोहबारे सम्झिने क्रममा भिडियोमा स्मार्टफोन ल्यान्डस्केपमा एलजीका केही आविष्कारको योगदान अचम्मलाग्दो भएको बताएका छन्। जस्तो कि ‘द एलजी प्राडा’मा पहिलो कप्यासिटिभ टचस्क्रिन (सेन्सिङद्वारा काम गर्ने) थियो, ‘द एलजी जी३’ले उच्च रिजोलुसनको स्मार्टफोन डिस्प्ले ल्यायो, र एलजी जी५ अल्ट्रावाइड क्यामेरायुक्त पहिलो फोन थियो। यी सबै फिचरहरु सबैजसो स्मार्टफोनका मानक फिचर थिए। त्यसका लागि एलजीलाई धन्यवाद दिनैपर्छ।
र, जब ती आविष्कार सम्झिन सजिलो छ, हामी भने प्रायः एलजीले छलाङ मारेका ती फिचर सेट बिर्सिन्छौँ, जुन बेवास्ता हुनेछ। वर्षौँसम्म एलजी मोबाइलमा यसको हाइफाइ ड्याक (डिजिटल अडियो कन्भर्टर) र थ्रिडी साउन्ड इन्जिनसँगै उच्च क्वालिटीको अडियो श्रवणमा प्रयोगकर्ताका लागि सिफारिस हुँदै आएको छ। कुनै बेला एलजी अडियो क्वालिटीका लागि धेरै उत्पादकको स्पेक शिट्स (कुनै उत्पादनको प्रस्तुति र विशेषताबारे उल्लेख भएको कागजात)मा फुट नोट (पादटिप्पणी) हुँदा कम्पनीले ध्यान दिने गथ्र्यो।
सामसङ र वानप्लसले आज स्मार्टफोनमा प्रयोग गरिरहेका ‘प्रो क्यामेरा एक्सपेरियन्स’मा पनि एलजीले पहिले नै नेतृत्व गरेको थियो। आजको दिनसम्म एलजी प्रो मोड सम्भवतः फोटोग्राफीमा रुचि राख्नेका लागि धेरै फिचरयुक्त क्यामरा सेटअप हो, जुन आज पनि उपलब्ध छ। क्यामेराको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स मोड अटोमेटिक शुटिङ मोड सुरु गर्ने पनि एलजी नै हो, जुन अरु कम्पनी सबैले प्रयोग गरेका छन्।
भर्खरकै कुरा गर्नुपर्दा, प्रोडक्टिभिटीमा एलजी फोनहरु केन्द्रित थिए, जुन हामी मुख्य स्मार्टफोन कम्पनीबाट देखिरहेका छैनौँ। बितेको वर्ष, सबैजसो एलजीका फ्ल्यागशिप फोनहरु (भी६०, भेल्भेट र विंग) मा केही स्तरसम्मको डुअल–डिस्प्ले फंक्सनालिटी थियो। मल्टिटास्किङ र स्टाइलस सपोर्ट हुने यो फिचर सामसङ ग्यालेक्सी नोट लाइनसँगको साँच्चैको प्रतिस्पर्धाका लागि हो। पछिल्ला केही वर्ष एलजीले हाई फिडेलिटी माइक्रोफोनहरु र अन्य रचनात्मक टुल्स समावेश गर्दै ‘कन्टेन्ट क्रिएसन कम्युनिटी’तिर झुकाव राख्दै आएको छ। दुःखको कुरा, एलजीका ती नवीनतम आविष्कारक फिचरले मात्रै तपाईलाई पाउन सक्छ जब कि उसका उत्पादनवरिपरिको सन्देश साह्रै नराम्रो थियो।

खराब मार्केटिङ र कुसन्देशको पाप
एलजीले आफ्ना फोनहरुको बजारीकरण ग¥यो कि गरेन भन्ने एउटा छोटो कथा प्रस्ताव गरौँ। सन् २०१६ मा मैले मिसिगनको डेट्रोइटमा सामसङको मोबाइल विभागमा फिल्ड सेल्स मेनेजरको काम गरेँ। म त्यहाँ गर्मी समयमा ग्यालेक्सी नोट ७ सार्वजनिक हुने बखत काम गरिरहेको थिएँ। क्यारियर स्टोरहरु घुमिरहँदा एलजीका साथीलाई पनि भेटिरहेको हुन्थेँ। त्यो बेला एलजी जी५ सार्वजनिक भइसकेको थियो तर हरेकपटक ऊ स्टोरमा हुन्थ्यो र भन्थ्यो– सबै जे जति उसले सुनेको थियो, ती सबै एलजी जी४ प्रति ग्राहकका गुनासा थिए।
जी४मा साँच्चै अलोकप्रिय एलजी बुट लुपिङ समस्या थियो। जसको परिणाम एलजीका विरुद्ध सामूहिक मुद्दा प¥यो। योसँगै मलाई थोरै थाहा भयो– ग्यालेक्सी नोट ७ मा ब्याट्री पड्किने समस्याका लागि सामसङको आलोचना हुनेछ। मैले त्यसपछि सामसङ समूह छोडेँ। तर धेरै मेरा पूर्वसहकर्मीका स्तब्ध भोगाइ देखेँ। तर पछाडि फर्केर हेर्दा यो पनि भएको थियो र भन्ने धेरै मानिसहरुले बिर्सिसके।
यता, जी४ पछि हरेक एलजी फोनको बुट लुप्स र इनफेरियर क्वालिटी कन्ट्रोलबारे पट्यारलाग्दो विश्लेषण आइरहेका छन्। यसको कारण के त? सामसङ सन्देश प्रवाहमा सधैँ अगााडि रह्यो तर एलजीले सकेन।
नोट ७ को असफलताबारे यसैलाई अनुसरण गरेका सबैजसो आफ्ना फोनहरुको उत्पादन प्रक्रियामा सामसङ सार्वजनिक रुपमा झनै प्रतिबद्ध भयो। र, म केमा विश्वस्त छु भने एलजी पनि आफ्नो प्रक्रियामा प्रतिबद्ध नै थियो। चुरो कुरो के हो भने सामसङले हामीले थाहा पाएका कुरालाई सुनिश्चितता दियो। सामसङले आफ्नो किनोट्समा समस्या समाधान गर्ने र मानिसहरुलाई आफ्ना नयाँ ग्यालेक्सी फ्ल्यागशिप किन्न डराउनु नपर्ने कुरामा पुनः सुनिश्चितता प्रदान गर्न सफल रह्यो। एलजीले भने यसको साटो स्मार्टफोनहरुको क्वालिटीमा विश्वास जगाउन आफ्नो स्ट्यान्डर्ड एक वर्षे वारेन्टीलाई दुई वर्ष लम्ब्याउने कुरामा दोस्रो वर्षको कसम खायो। तर सामसङले जसरी यसले ठूलो ‘आइडिया’ हुँदाहुँदै कहिल्यै ग्राहकलाई राम्रो सुनिश्चितता दिन सकेन।
अमेरिका र अन्य बजारमा ठूलो डिभाइस रचना गर्नु मात्र पर्याप्त हुँदैन। ग्राहकसामु योचाहिँ मूल्यवान् डिभाइस हो है भनेर बजारीकरण पनि गर्न सक्नुपर्छ। सन् २०१९ मा सामसङले अमेरिकामा मात्रै विज्ञापनमा एक अर्ब ९८ करोड अमेरिकी डलर खर्च गरेको थियो। तुलनात्मक रुपमा एलजीले अमेरिकामा सोही वर्ष १० करोड अमेरिकी डलरमात्रै खर्च गरेको थियो। यो त धेरै फरक हो नि! यस मानेमा सामसङको रणनीति बढी असरदार देखियो। सामसङले सम्भव भएसम्म आफ्ना डिभाइस किनौँ किनौँ लाग्ने गराउन सफल भयो। अमेरिकी क्यारियर स्टोरहरु र राष्ट्रिय खुद्रा चेनहरुमा सामसङले अरुलाई पाखा लगाउन खर्च गरेको थियो। एलजीले भने सोही किसिमको प्रयत्न नै गरेन।
परिणामतः यही बजारीकरणको आँधीले सामसङ ठूलो ब्रान्ड बन्यो भने एलजी सस्तो र सामान्य आकारको। एलजीको हार्डवेयर र फिचरहरु (जुन सामसङसँग सापेक्षिक रुपमा मिल्दथ्यो) को बाध्यकारी प्याकेजका बाबजुद आम मानिसमा धारण नै सामसङ नै ठूलो फोन उत्पादक हो भन्ने बन्यो। तर यता एलजीको सहज बुद्धिमत्ता भने फरक गर्ने प्रवृत्तिलाई नै निरन्तरता दिने रह्यो। किन सामसङभन्दा एलजी राम्रो हो भनेर यसैलाई निरन्तरता दिइयो। सामसङले भन्दा अघि धेरैभन्दा धेरै क्यामेरा लेन्सहरु थपेर, सबैमा डुअल डिस्प्ले प्रविधिसँगै गएर र कन्टेन्ट क्रिएटर टुल्सलाई कम आँकेर एलजीले यसो गरिरह्यो। तर समस्या कहाँनेर थियो भने उनीहरुले ग्राहकलाई यसबारे जानकारी नै दिएनन्। जब कि सामसङले आफ्ना नयाँ फिचरबारे आमतहमा जान्ने अवसर प्रदान गरिरह्यो।
एउटा मुख्य उदाहरण त एलजी जी८ नै हो। यो फोनले एलजीले भन्ने गरेको जेट क्यामेरा प्रयोग ग¥यो। यो फोनको अगाडिको दोस्रो क्यामेरा थियो जसले बायोमेट्रिक सुरक्षाका लागि पछाडि फिंगरप्रिन्ट र अगाडि फेस अनलक तरिकामा मद्दत ग¥यो। त्यो समयमा यो एउटामात्र यस्तो फोन थियो जसले दुई तरिकाको सुरक्षा तरिका अपनायो। अझै एलजीले केही अरुमा केन्द्रित हुने निर्णय लियो। कम्पनी अझ एयर जेस्चरतिर ढल्कियो जसले ट्विस्टिङ मोसनलाई अनुमति दिन्थ्यो र यसले ध्वनि र खुल्ने एपमा नियन्त्रण कायम हुन्थ्यो। यो त्यति ग्राहक तान्ने कुरो थिएन किनभने समीक्षकले रुचाएनन्, बरु उनीहरुले एलजीले भविष्यका फोनहरुमा जेट क्यामेरालाई छोडेको ठाने। यो सबै फरक फिचरबारे स्पष्ट पार्न सकेन।
एलजीको दोहोरिइरहेको समस्या नै यसका फोनमा रहेका युनिक फिचरलाई बजारीकरण गर्न नसक्नु हो। यही समस्याका कारण कम्पनी निरन्तरतामा चुक्न पुग्यो। जब जी५ का मोडुलर एसेसरिजको कडा आलोचना भयो र मोटो जेटको मोटोरोला मड्सजस्तो बलियो देखिएन, एलजीले मानिसको सानो उपसमूहलाई एक्ल्यायो। एलजी फ्रेन्ड्स प्लेटफर्मको भिजन किन्यो। यी प्रकारका रुखो कुराले नै एलजीको फोन आफूसँग हुनुमा सुख र दुःखको परिचायक बन्यो। एक किसिमले तपाईं भन्नुहोला, एलजीले सधैँ केही नयाँ ल्याउने प्रयास ग¥यो तर अर्को हिसाबले भन्नुपर्दा चाहिँ नयाँका लागि प्रयास गर्नु भनेको पुराना ‘आइडिया’लाई छोडेर मर्न दिनु नै हो।

एलजीले छोड्दाको तरंग लहर
यदि तपाईं यो आलेख पढिरहनुभएको छ र आईफोन वा सामसङ ग्यालेक्सी फोन प्रयोग गरिरहनुभएको छ भने सायद एलजीले छोड्दैमा मेरो फोन किन्ने निर्णयमा कुनै प्रभाव पर्दैन भन्ने सोचिरहनुभएको छ होला। र त्यो सतही कुरा होला, यसले तपाईंको मन पर्ने फोन निर्मातालाई थोरै भए पनि आनन्द लाग्न सक्छ। एलजी एउटा कम्पनीको रुपमा स्थापित भएको थियो जसले केही नयाँ र फरक कुरा गर्ने प्रयास गथ्र्यो। यसले केचाहिँ सम्भव छ त भन्ने ठूला खेलाडी देखाउँथ्यो। त्यसकारण नवप्रवर्तनका सीमाहरु धकेल्न प्रयासरत कम्पनीविना यी ठूला खेलाडीहरुलाई उनीहरुको डिभाइस स्टाटस कायम राख्ने अवसर मिल्नेछ किनभने यहाँ कुनै त्यस्तो कम्पनी छैन जसले उनीहरुलाई नवप्रवर्तन गर्न लगाओस्!
एलजीले स्थान छोड्दा अर्को कुन कम्पनीले स्मार्टफोन नवप्रवर्तकको भूमिका खेल्ला भन्ने प्रश्न उठ्छ। र, अमेरिकामा यसका विकल्प निकै कम देखिन्छ। हामीलाई सम्भव लाग्ने नवप्रवर्तनका सीमा धकेलिरहेका कम्पनीहरु अमेरिकामा सञ्चालित छैनन् र उनीहरुले यहाँ डिभाइसहरु पनि बेच्दैनन्। उदाहरणका लागि शाओमी र ओप्पो जस्ता कम्पनीहरु अमेरिकाबाट टाढै रहे। यसले वानप्लस, मोटोरोला र गुगलजस्ता कम्पनीमाथि नवप्रवर्तनलाई अगाडि बढाउन भार थपेको छ। र, यी कम्पनीहरुले केही अवसर लिए पनि पूर्णरुपमा एलजीले जसरी नवप्रवर्तनमा चासो नै दिएका छैनन्।
अमेरिकी स्मार्टफोन बजारलाई सामसङ र एप्पलबीचको दुईवटा घोडादौडजस्तो दुई कम्पनीको वर्चस्वमा रहेको मानिन्छ। अमेरिकामा सन् २०२१ को मार्च महिनाको स्मार्टफोन बजार हिस्सा हेर्ने हो भने सामसङ र एप्पलले मात्रै कुल बजारको ८४.३५ प्रतिशत हिस्सा ओगटेका छन्। जसमा एलजी तेस्रो र निकै फराकिलो दूरीमा केवल ४.४ प्रतिशत हिस्सामा देखिन्छ।
तर त्यो भनेको ठ्याक्कै कति फोन होला? भर्खरैको जनगणना तथ्यांकलाई हेर्ने हो भने अमेरिकामा ३३ करोडभन्दा थोरै माथि जनसंख्या छ। पिउ रिसर्चका अनुसार ८५ प्रतिशत अमेरिकी जनसंख्यासँग स्मार्टफोन छन्। एलजीको उक्त बजार हिस्साअनुसार झण्डै १ करोड २० लाख अमेरिकीले एलजी फोन प्रयोग गर्छन्। प्रश्न उठ्छ– यो जनसंख्याको अर्को फोन के होला त? जहाँ एलजीले आफ्ना कम बजेट सेग्मेन्टका ‘के’ र ‘स्टाइलो’ लाइनका फोनहरु बेचेको थियो। अब यी ग्राहकहरु कि त सामसङ ए सिरिजका कि त चौथो स्थानमा रहेको मोटोरोलाका फोनतर्फ जालान्।
अमेरिकामा मोटोरोलाको अहिलेको बजार हिस्सा भनेको ३.३७ प्रतिशत हो र कम्पनी मोटो जी र मोटो ई एलजीका अहिलेका ग्राहकलाई बेच्ने स्थानमा छ। फ्ल्यागशिप साइडबाट भन्ने हो भने मोटोरोलाले एज र एजप्लसजस्ता गत वर्षका हाइअर–एन्ड अप्सनहरु निकाल्न सुरु गरिसकेको छ। यसले भने एलजी फोन प्रयोगकर्तालाई लोभ्याउन सक्छ।
त्यस्तै अर्को एउटा कम्पनी पनि छ– वानप्लस। जसले आगामी एक वा दुई वर्षमा एलजी फोन प्रयोगकर्ताको डलर र आँखा आफूतिर तान्नसक्छ। यो कम्पनीको अमेरिकी स्मार्टफोन बजारमा ०.६ प्रतिशत मात्रै हिस्सा छ तर यसले आफूलाई सामसङ र एप्पलको विकल्पका रुपमा स्थान लिइरहेको छ। टी–मोबाइलसँगको साझेदारीले अमेरिकी बजारमा खेलाडीको रुपमा ठूलो ब्रान्ड सचेतना पुगेको छ। एलजीले स्मार्टफोन व्यवसाय छोड्दा बजारमा वानप्लसको आफ्ना क्यारियर स्टोरहरुमा डिभाइसको बजारीकरण गर्ने गरी भेराइजन र एटीएन्डटीसँग साझेदारी गर्ने ढोका समेत खुलेको छ। फलतः यसले अमेरिकामा वानप्लसलाई घरको नाम बनाउनेछ।
एलजीले बजार छोड्दाको नतिजा यो पनि हुनसक्छ कि मानिसहरु ग्यालेक्सी वा आईफोनतिर एकोहोरिन सक्नेछन् र बजार हिस्सा झनै असमान बन्नेछ। तर यसले गुगल, वानप्लस र मोटोरोलालाई अमेरिकामा तेस्रो खेलाडी बन्ने अवसर सिर्जना भने गरेको छ। र, यसबाट हामी उनीहरुले एलजीले छोडेको नवप्रवर्तनको विरासतलाई निरन्तरता दिने आशा गर्न सक्छौँ।

एलजीको विरासत
अन्त्यमा, स्मार्टफोनको इतिहासमा के हो त एलजीको विरासत? के उसलाई हामीले प्रविधिका हिसाबले सम्भव लाग्ने कुराको सीमा धकेल्ने एउटा नवप्रवर्तकको रुपमै सम्झिनै अवस्था रहला? वा नवप्रवर्तन गर्ने भन्दाभन्दै मरेको एउटा कम्पनी ठानिएला? इन्टरनेटमा बाढीजस्तै बगाइएका धेरैजसो पोस्टहरुले एलजीलाई ठट्यौलो रुपमा नौटंकी स्मार्टफोन ब्रान्ड पनि भनिरहेका छन्। मेरो आँखामा भने एलजीले उच्चकोटीको हार्डवेयर र अप्रशंसित सफ्टवेयरको विरासत छोडेको छ जो दुर्भाग्यवश बिर्सिइनेछ।
धेरैले भने एलजीलाई उसको धेरै जी र भी शृंखलाका फोनहरुमा हाइ फिडेलिटी अडियो सोलुसनका लागि सम्झिनेछन्। वा सायद उनीहरुले जी५ को अल्ट्रावाइड क्यामेरा र जी३को हाइ रिजोलुसन डिस्प्लेलाई सम्झिनेछन्। मचाहिँ एलजीलाई ग्राहकलाई धेरै हार्डवेयर फिचर दिन प्रयास गर्ने र विकल्प र प्रयोग गर्ने क्षमताबीच सन्तुलनको रेखा कोर्ने सफ्टवेयर अनुभव दिनसक्ने कम्पनीको रुपमा सम्झिनेछु।
पछिल्ला केही वर्ष सामसङले आफ्नो एपहरु र सर्भिसको इकोसिस्टमलाई प्राथमिकता दिएर केही जटिलता सिर्जना गर्यो, एलजीले भने आफ्नै धेरै एप छोडेर थ्रिडी साउन्ड इन्जिन र स्टाइलस पेन सपोर्टजस्ता हार्डवेयर मोडिफिकेसनमा केन्द्रित गर्यो। यस्ता साना थप कुरा प्रायः समीक्षामा समेत सोचिएनन् तर यसले बहुप्रतिभाशाली अनुभव सिर्जना गर्यो। जो पिक्सेल वा आईफोनमा पाइएनन् तर यिनीहरुले सामसङको सफ्टवेयरको केही पुनरावृत्तिजस्तो फुलेको अनुभव नै गरेनन्।
एलजीले साँच्चै ‘पकेट कम्प्युटर एक्सपेरियन्स’का लागि अर्थात् गोजीमै कम्प्युटर रहेजस्तो अनुभव लिन चाहनेका लागि फोनहरु बनायो। मानिसहरु म्यानुअल क्यामेरा मोड र एडभान्स्ड अडियो फिचरहरुको विकल्प अत्यन्तै चाहन्थे। उनीहरु यसले काम गरिहाल्छ भन्ने विचारभन्दा पर रहेर धेरै प्रकारले एप्पलविरोधी थिए। एलजीले फोन निर्माणा गरेर प्रयोगकर्तालाई एप्पलको धेरै सानो दृष्टिकोणको विरोधका रुपमा उनीहरुको फोनको सीमा धकेल्न प्रयत्न गर्यो।
एउटा व्यक्तिगत नोटमा भन्नुपर्दा, एलजीले लाइभ म्युजिकमा भिडियो लिन र वायर्ड हेडफोनसँगै उच्च क्वालिटीको अडियो सुन्न मजास्ता जो कोहीबाट एलजीका फोनले प्रशंसा बटुले। सामसङ र अन्य एन्ड्रोइड उत्पादकहरुबाट आफूलाई सधैँ केही नयाँ कुरा दिएका कारण मैले सधैँ एलजीको प्रशंसा गरेँ। मद्दत त गर्न सक्दिनँ तर एचटीसीको बारेमा सोच्छु जब एलजीको बारे सोचिरहेको हुन्छु। एचटीसीले अमेरिका छोड्दा म साँच्चै दिक्क थिएँ तर पनि एलजीले छोडिरहेको देख्दा यसले भित्र चोट पुर्याउँछ। हामीले एउटा नवप्रवर्तक, बजारको बलियो नेतृत्व गुमायौँ। मेरो भी६० अन्तिम एलजी फोन हुनेछ जसलाई मैले कहिल्यै किन्न पाउँदिनँ। यो त लज्जाको कुरा हो। अरु उत्पादकहरुबाट मैले एलजीको नवप्रवर्तनको विरासतलाई उनीहरुले भविष्यमा निरन्तरता दिने यतिमात्र आशा गरेको छु। मिडियम डटकमबाट।
(जाहरन प्रविधि र जीवनशैलीसम्बन्धी स्वतन्त्र लेखक हुन्।)

प्रतिक्रिया