राजनीति


मन्त्री बनेका चार सांसदलाई जसपाले गर्‍यो निलम्बन, सरकार छाड्न निर्देशन

मन्त्री बनेका चार सांसदलाई जसपाले गर्‍यो निलम्बन, सरकार छाड्न निर्देशन

नेपालखबर
बैशाख ६, २०७८ सोमबार १३:५७,

जनता समाज पार्टी (जसपा) ले आज सोमबार लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका सो पार्टीका चार सांसदलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ।

जसपाको लुम्बिनी प्रदेश कमिटीले उनीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको हो।

‘मन्त्री बनेका चार सांसद पार्टीको निर्देशनविपरित सरकारमा गएको हुँदा प्रदेश कमिटीले उहाँहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ,’ लुम्बिनी प्रदेशमा जसपाका संसदीय दलका नेता सहसराम यादवले नेपालखबरसँग भने, ‘फिर्ता नआएमा पार्टीले कारबाही अगाडि बढाउँछ।’

सोमबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले संयुक्तरुपमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको केहि घण्टाभित्रै उनीहरु पोखरेलकै नेतृत्वमा मन्त्री बनेका हुन्।

जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बनेका हुन्।

‘पार्टी निर्णयविपरित शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भई समथ ग्रहण गरेको हुँदा निजहरुलाई यथाशिघ्र सरकारबाट फर्किन निर्देशन गर्दै २४ घण्टे स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआउँदा सम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ सो प्रदेश समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै यथाशीघ्र सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा निजहरुलाई संसद पद नरहने गरी कारबाहीका लागि सम्पूर्ण कानुनी प्रक्रिया अवलम्बन गरिने व्यहोरा सम्पूर्ण पार्टी पंक्तीमा जानकारी गराइन्छ।’

JaSapa Lumbini notice

यो पनिः

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसी प्रस्ताव

लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

यी हुन् मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad