ad ad

राजनीति


ओलीले सबै हत्कण्डा अपनाएर ब्रम्हलुट गरे, देश नै खतरामा पर्‍योः देउवा

ओलीले सबै हत्कण्डा अपनाएर ब्रम्हलुट गरे, देश नै खतरामा पर्‍योः देउवा

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ११:५७,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देशमा खतरा उत्पन्न भएको बताएका छन्।

नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सबै हत्कण्डा अपनाएर ओलीले राज्यशक्तिको दोहन गरेको आरेप लगाए।

‘प्रजातन्त्रमाथि खतरा आएको छ। ओलीको सरकारले सम्पूर्ण राजनीतिक हर्कत, हत्कण्डा अपनाएर ब्रम्हलुट गरिरहेको छ,’ देउवाले भने।

उनले नयाँ सरकार गठनको लागि दलहरुबीचमा संवाद भइरहेको बताए।

तर, नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगरेकोले यो सरकार बहुमतमै रहेको भन्दै देउवाले जसपाले समेत ओलीलाई साथ दिन खोजेको आफूले पाएको बताए।

‘प्रचण्डले समर्थन फिर्ता लिएका छैनन्। ओलीलाई जसपाले साथ दिन खोजिरहेको छ,’ देउवाले थपे।

उनले ओली भारतको त्वम्शरणम् भइसकेको भन्दै ओलीलाई अवसरवादी भएको आरोप लगाए।

‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको त्वमशरणम् भइसके,’ देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेका ओली अहिले भारतको टाङमुनि छिरिसके, कहाँ छ त्यो राष्ट्रवाद? त्यसकारण यिनीहरू राष्ट्रवादी होइनन्, अवसरवादी हुन्।’

कोरोना महामारीबीच पार्टीको महाधिवेशन गर्नुपर्ने चुनौतीमा आफू रहेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .