समाज


अब मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा चढ्न नदिइने

अब मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा चढ्न नदिइने

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ११:५४,

सरकारले बिना मास्कका यात्रुलाई सार्वजनिक यातायातमा चढ्न नदिन निर्देशन दिएको छ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न निर्णयहरु गरेको जानकारी दिए।

मन्त्री गुरुङका अनुसार अब मास्क बिना सार्वजनिक यातायातमा चढ्न पाइने छैन।

मास्क नलगाएका यात्रु सवारी साधनमा चढ्न आएका चालक र सहचालकले बढीमा रु १० लिएर मास्क उपलब्ध गराउनु पर्ने उनले बताए।

यस्तै, लामो दुरीका यातायातमा सिट क्षमतामा मात्रै यात्रु चढाउन, बीचमा यात्रु नचढाउन, मास्क र सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न पनि सरकारले निर्देशन दिएको छ।

हवाइ यातायात, पसल, कार्यालयलगायतका स्थानमा समेत अनिवार्य मास्क र सेनिटाइजरको व्यवस्था गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .