नेकपा–एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशमा आफ्नै पार्टीविरुद्ध बेइमानी गरेर अक्षम्य अपराध गरेको बताएका छन्।
शुक्रबार कर्णाली प्रदेशका माओवादी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध एमालेले अविश्वास प्रस्ताव ल्याउँदा एमालेकै नेपालपक्षीय सांसदहरुले पार्टी निर्णयविपरित मुख्यमन्त्रीलाई मत दिएपछि सो प्रस्ताव फेल भएको थियो।
प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन्।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाविरुद्ध दुष्प्रचार गरेको आरोप लगाए।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले हुँदै नभएको कुरालाई ‘ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग सहमति गरेको’ भनी आफूलाई बदनाम गर्ने उद्देश्यले दुष्प्रचार गरेको बताएका थिए।
प्रतिक्रिया