सुनसरी दुहबी नगरपालिका २ स्थित रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको छ।
सोमबार बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता २ का ४० वर्षीय दिपेन्द्र यादबले फलाम पल्टाउँदा सोही फलामले किचेर घाइते भएका थिए।
उनलाई उपचारको लागि न्युरो अस्पताल विराटनगरमा लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको बताएका ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
प्रतिक्रिया