राजनीति


कर्णालीमा एमालेका ४ सांसदले ‘फ्लोर क्रस’ गरेपछि गोकुल बाँस्कोटा र सूर्य थापाका यस्ता प्रतिक्रिया

कर्णालीमा एमालेका ४ सांसदले ‘फ्लोर क्रस’ गरेपछि गोकुल बाँस्कोटा र सूर्य थापाका यस्ता प्रतिक्रिया

नेपालखबर
बैशाख ४, २०७८ शनिबार ०:९,

कर्णाली प्रदेश सरकारमा पार्टीको निर्देशनविपरीत नेकपा एमालेका चार सांसदले नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताबाट आक्रोशयुक्त प्रतिक्रिया आउन थालेका छन्।

ओलीका निकट एवं विश्वास पात्र मानिने पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा र प्रेस सल्लाहकार सूर्य थापाले कर्णालीमा ओली पक्षकै १ र माधवकुमार नेपाल पक्षका ३ सांसदले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि आक्रोश व्यक्त गरेका हुन्।

एमाले केन्द्रीय सदस्य रहेका बाँस्कोटाले अब माधवकुमार नेपालले ओली सरकारविरुद्ध नेकपा माओवादी केन्द्रसँग मिलेर अविश्वास प्रस्ताव राख्ने र थप कारबाहीको बाटो रोज्ने काम बाँकी रहेको टिप्पणी गरेका छन्।

gosupa 1

यस्तै एमालेका अर्का केन्द्रीय सदस्य थापाले त कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने सांसदलाई प्रचण्डका ‘हली–गोठाला’कै संज्ञा दिएका छन्।

supati

यो पनि : ओली पक्षकै १ र नेपाल पक्षका ३ सांसदको मत पाउँदा माओवादी मुख्यमन्त्री शाहीको पद सुरक्षित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad