नेकपा एमालेका सांसदले ह्विप नमान्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ।
शाहीको पक्षमा एमालेका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेपछि प्रदेश सरकार सुरक्षित भएको हो। बुढा केपी ओली पक्षका हुन् भने अन्य सांसद माधव नेपाल पक्षका हुन्।
३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन्। त्यसमध्ये शाहीको पक्षमा २२ मत खसेको थियो।
एमालेकै देवी ओलीले शाहीको पक्षमा मत दिए पनि पछि सच्याएकी थिइन्।
विश्वासको मतका लागि आज शुक्रबार भएको मतदानमा ३७ सांसद उपस्थित थिए।
3
Shares

प्रतिक्रिया